२२ चैत्र,
२०७२ सालको महाभुकम्पबाट क्षति ग्रस्त भएका घर तथा भौतिक संरचना पुन निर्माणको लागि मकवानपुर जिल्लामा ७ अर्व ४३ करोड भन्दा बढी रकम खर्च भैसकेको बताईएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका अनुसार भत्किएको नीजि भवन र समुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु ७ अर्व ४३ करोड खर्च भएको जनाएको छ ।
भुकम्पबाट भत्किएका नीजि आवास पुनरनिर्माण तर्थ रु ५ अर्व ५ करोड १३ लाख र सामुदायिक विद्यालय भवन निर्माण तर्फ २ अव ३८ करोड खर्च गरिएको पुनरनिर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिम्सिनाले बताउनु भयो । मकवानपुर जिल्लामा पूर्ण रुपमा घर क्षति भएको ३३ हजार ९ सय ७४ लाभग्राही रहेका छन् । त्यस मध्य ११ हजार घर परिवारले सरकारबाट रकम लिएर पुननिर्माण गरेको बताईएको छ ।