२० चैत्र,
ठूलो प्लान्टमा सञ्चालन भएको रिद्धिसिद्धि सिमेन्ट उद्योगेले नेपाल गुणस्तर चिन्ह (एनएस) पा्रप्त गरेको जनाएको छ ।
शंकर समूह र अम्बे समूहको १० अर्ब रुपैयाँ लगानीमा स्थापित रिद्धिसिद्धि सिमेन्ट उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो । अहिले शिवम सिमेन्ट र अर्घाखाँची सिमेन्टबीच रहेको प्रतिस्पर्धामा अब रिद्धिसिद्धि पनि प्रतिस्पर्धामा हेटौंडाको उद्योगी व्यवसायहरु बताउछन् । ’उद्योगबाट अहिले दैनिक २ हजार टन सिमेन्ट उत्पादन भइरहेको छ। अहिले ग्राइन्डिङ युनिट मात्रै संचालनमा आएको हो। तीन महिनापछि आफ्नै क्लिंकरबाट सिमेन्ट उत्पादन हुने सो उद्ययोगले जनाएको छ । गुणस्तरीय सिमेन्ट तयार गर्न चुन ढुङ्गा उत्कृष्ट चाहिन्छ।
मकवानपुरको राक्सिराङ र निवुवाटारमा चुनढुंगा खानी छ। शक्तिखोरको खानी अहिलेसम्मकै प्रिमियम चुनढुंगा पनि उद्योगसँग छ । देशभरमा हेटौडाको चुनढुङ्गा त्यसमध्ये एक हो। त्यसैकारण रिद्धिसिद्धिले आफ्नो ब्राण्डिङका लागि हेटौडाको सिमेन्टुट्यागलाईन प्रयोग गरेको छ।उद्योगको प्लान्ट हेटौडाको रातोमाटेमा छ । ४० विघामा फैलिएको यो सिमेन्ट प्लान्टमा डेनमार्क र जर्मन कम्पनीको मेशिनरी प्रयोग भएको छ। डेनमार्कको एएलिस्टिक मेशिनरी विश्वकै उत्कृष्ट मेशिनरी हो।