हेटौडा,१८ चैत्र । हिजो वारा र पर्सामा हिजो भएको प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका, घाइते तथा सम्पत्ति क्षति भएकोमा दुःख व्यक्त गर्दै माओवादी जनमुक्ति सेना पार्टी, मकवानपुरले विज्ञप्ति प्रकाशित गरेको छ ।
सो पार्टीका प्रवक्ता जितेन्द्रद्वारा प्रकाशित विज्ञप्तिमा जनधनको क्षति भएकोमा नेपाल सरकारले छिटो भन्दा छिटो उचित क्षतिपूर्ति सहित घाइतेहरुलाई निशुल्क उपचार गर्न र पीडितहरुलाई सुरक्षित बसोबासको शिघ्र व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।