हेटौडा,१७ चैत्र । नेकपा प्रदेश ३ को संसदीय दलका उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल चयन भएका छन् ।
आज मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकले जमकट्टेललाई उपनेतामा चयन गरेको हो ।बैठकले प्रदेशको राजधानीको विषयलाई अब सांसदबाट टुंगो लगाउने विषयमा समेत छलफल गरेको छ । नेकपा एमाले र नेकपा माओवादीको एकीकरणपुर्व जम्कट्टेल नेकपा संसदीय दलका नेता थिए ।