हेटौडा,१६ चैत्र । बकैया गाउँपालिका १ र निजगढ नगरपालिकामा आज भएको निशुल्क आँखा शिविर ४४० जनाले परीक्षण गराएपनि ४० जनालाई मोतिया विन्दु भेटिएको छ ।
बकैया गाउँपालिका रजुवाका रजुवा युवा क्लव र महादेवडाँडा युवा क्लवले समन्वय गरेको उक्त आँखा शिविरमा रोटरी क्लव, रोट्रयाक क्लब र हेटौंडा सामुदायिक आँखा हस्पिटलको आयोजनामा उक्त कार्यक्रम भएको हो । उक्त कार्य निकै सराहनीय भएको र साँच्चिकै पीडितहरुले निशुल्क सेवा पाएको बकैया गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी माझीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका र अशक्त, बृद्धबृद्धाहरुलाई स्थानीय स्तरमै आँखा जाँच गरिएको थियो । जाँचको क्रममा मोतियाविन्दु भेटिएकाहरुलाई सामुदायिक आँखा अस्पताल हेटौडामा ल्याई सल्यक्रिया गरिने कार्यक्रम रहेको बताइएको छ ।