हेटौंडा, १२ चैत्र
मकवानपुरको हेटौँडालाई प्रदेश नंबर ३ को राजधानी बनाउनको लागि जनसरोकार केन्द्र मकवानपुरले आग्रह गरेको छ ।

मगंलबार पत्रकार सम्मेलन गरी केन्द्रले प्रदेश सरकारलाई छिट्टै हेटौंडालाई स्थायी राजधानी तोक्न दबाब स्वरुप प्रेस विज्ञप्ति समेत निकालिएको हो । प्रेस विज्ञप्तिमा केन्द्रले हेटौँडालाई तत्काल स्थायी राजधानी तोक्नको लागि अनुरोध गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जनसरोकार केन्द्रका संयोजक धुब्रप्रसाद चौँलागाईले हेटौँडाको राजधानीको विषयमा रहेको अन्योलता हटाउन आग्रह समेत गरिएको हो । मकवानपुर हेटौँडा सबै हिसावले स्थायी राजधानीको लागि उपयुक्त रहेको भन्दै उनले तत्काल अन्योलता कम गर्नको लागि अनुरोध गरेका हुन् । हेटौंडा नै प्रदेश ३ को राजधानी हुनु पर्नेमा केन्द्रले निकालिएको प्रेस विज्ञप्तिमा विशेष जोड दिएको छ ।