हेटौंडाः स्टेट भिजन प्रालिले हेटौंडाबाट सञ्चालन गरिरहेको तु खबर डटकमले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा चार जना पत्रकार पुरस्कृत भएका छन् ।
अनलाईनले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरेको हो । हेटौंडामा भएको कार्यक्रममा पत्रकार शिवकुमार कासी समकालीन पत्रकारिता पुरस्कार, रबिन्द्र घिमिरे अनलाईन पत्रकारिता पुरस्कार, दर्शन क्षेत्री रेडियो पत्रकारिता पुरस्कार र ऋषि धमला जागरण तुखबर अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
जागरण तुखबर समकालिन पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार शिवकुमार काशी पुरस्कृत भए । उनलाई नगद ६ हजार एक रुपैयाँसहित सम्मानित गरिएको छ । यस्तै तु खबर अनलाइन पत्रकारिता पुरस्कारबाट रविन्द्र घिमिरे पुरस्कृत भए । उनलाई पनि ६ हजार एक रुपैयाँ सहित कदरपत्र प्रदान गरिएको छ । त्यसैगरी तुखरब रेडियो पत्रकारिता पुरस्कारबाट दर्शन क्षेत्री पुरस्कृत भएका छन्, भने जागरण तुखबर अग्रज पत्रकारिता पुरस्कारबाट ऋषि धमला पुरस्कृत भएका छन् । उनलाई नगद १५ हजार १ सय रुपैयाँबाट पुरस्कृत गरिएको हो ।
राजनीतिक, सामाजिक तथा पत्रकारिताको माध्यमबाट समाजमा परिवर्तनका लागि योगदान दिने व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो । विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै आनन्दराम पौडेल, कौशल पाण्डे, प्रकाश पाण्डे, कृष्णराम परियार, अनन्त पौडेल, विष्णुराम प्रधान, माईकल रामचन्द्र अर्याल, कमल अधिकारी र चन्द्र घलानलाई सम्मान गरिएको हो ।