चैत ४: सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुरमा पहिलो एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ ।
मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो । मकवानपुरको हेटौंडा र मनहरीमा शाखा कार्यालय रहेको बैंकले रजैयामा पनि एक्सटेन्सन काउन्टर खोलेर बैंकिङ्ग सेवा प्रदान गर्न शुरु गरेको हो ।
बैंकका देशभर ८१ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ७५ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरु मार्फत पनि सेवा प्रदान गरिरहेको छ ।