हेटौंडा, ३ चैत्र
हेटौँडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले विकास निर्माणको काममा आफुहरुले बढी प्राथमिकता दिएको बताउनुभएको छ ।
हेटौंडा ४ र ५ भैरबरोडमा निर्माण गरिएको सडकको शनिबार उद्घाटन गर्दै उहाँले अरु स्थानिय तहको तुलनामा नमुना रुपमा काम गरिएको बताउनुभयो । पाँच वर्षभित्र हेटौँडालाई हेटौँडा उपमहानगरपालिकाको विकासलाई देशको नुमना बनाउने गरि काम गरिरहेको भन्दै उहाँले विकास निर्माणको लागि सबै जनता एक हुनुपर्ने बताउनुभयो । भैरबरोड (चिल्ड्रेन पार्क) क्षेत्रको स्ल्याव सडकको उद्घाटन गर्दै मेयर महतले हेटौँडामा निर्माण हुन लागेको नमुना सडकको लागि केहि वाधा उत्पन्न हुँदा समस्या आएको बताउनुभयो ।
चिनको बैंकको सहयोगमा दक्षिण कोरियाको कम्पनीले निर्माण गर्न लागेको नमुना सडकको विषयमा केहि स्वार्थसँग जोडिएका ब्यक्तिहरुले समस्या सृजना गरेको भन्दै उहाँले अब विकास निर्माणमा अबरोध सृजना गर्न खोजिए त्यसले समग्र नगरलाईनै हानी गर्ने बताउनुभयो । कुल लाख ६२ लाख ६८ हजार ७ सय ३६ रुपैँयामा उक्त स्ल्याब ढलान भएको हो । आठ मिटर फराकिलो स्लाब ढलानमा हेटौँडा उपमहानगरपालिकाबाट ५० लाख रुपैँया, उपभोक्ता समितिबाट ६ लाख ४२ हजार रुपौया तथा श्रमदाबाट ६ लाख २६ हजार रुपैँयामा सडक निर्माण गरिएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नंबर ५ का वडा अध्यक्ष राजेश बाँनीया लगाएतले मन्तय ब्यक्त गरेका थिए ।