हेटौंडाः मानवसेवा आश्रम काठमाडौंले राती १२ बजेको समयमा काठमाडौंको सिनामंगलबाट एक असाहय बृद्धको उद्दार गरेको छ ।
खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० बर्षीय बृद्धले सडकजीवन बिताउन थालेको २० वर्षपछि आश्रमले उद्दार गरी सामाखुशीस्थित काठमाडौं शाखामा लगिएको हो । कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताबीच सडक जीवन बिताउँदै आइरहेका महर्जन सिनामंगलमा भएको घर सानैमा दाइले बेचेर गाउँ गएपछि आफु सडकमा आएको बताउँछन् ।
मनमैजु निवासी मुना राइले कार्यालय आउँदा जाँदा बृद्ध बुबा सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेका थिए । रातको ११ बजे आश्रमको टोली उद्दारको लागि सिनामंगल पुग्दा उनी पेटीमै सुतिरहेका ।
मानवसेवा आश्रम काठमाडौं शाखाका संयोजक सुमन बर्तौला, सहसंयोजक सन्तोषी मगर र अभियान्ता जमिर श्रेष्ठ सहितको टोलिले बृद्ध महर्जनलाई रातको १२ बजे सिनामंगलको सडकपेटीबाट संरक्षणमा लिएका आश्रमले जनाएको छ ।