हेटौंडाः बिबिएम दोस्रो सेमेस्टरको नतीजा प्रकाशित भएको छ । प्रकाशित नतीजा अनुसार मकवानपुर बहुमुखी क्याम्पसकी प्रजिता सुवेदी नेपाल तेस्रो भएकी छन् ।
कूल ४ एसजिपिएमा ३.८७ SGPA ल्याई उनी नेपाल तेस्रो भएकी हुन् । मकवानपुर क्याम्पसकै मनिषा लुईंटेल ३.८० SGPA ल्याई नेपाल छैटौं हुन सफल भएकी छन् । त्यस्तै, पुष्पा दुलाल 3.73 SGPA ल्याउन सफल भएका छन् । यस परीक्षामा देशभरबाट कूल ५०७ जना परिक्षार्थी सहभागी भएका थिए ।
बिबिए/बिबिएम कार्यक्रममा उत्कृष्ट नतीजा दिँदै मकवानपुर बहुमुखी क्याम्पसले यसपटक ७१ प्रतिशत परिक्षार्थी उत्तीर्ण गराई नेपाल चौथो भएको मकवानपुर बहुमुखी क्याम्पस बिबिए-बिबिएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।
मकवानपुर क्याम्पसबाट यस परीक्षामा २८ जना सहभागी भएकोमा ३ जनाले उत्कृष्ट अंक प्राप्त गरेका छन्, भने १७ जना प्रथम श्रेणीमा र १ जना द्वीतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
प्रकाशित नतीजा अनुसार सबैभन्दा बढी परिक्षार्थी उत्तीर्ण गराउँदै नेपाल कमर्श क्याम्पस प्रथम र पद्मकन्या क्याम्पस दोस्रो भएको छ ।