हेटौडा,३० फागुन । हेटौडाको नागसोती क्षेत्रमा केही दिन अघि लगातार कुखुरा मरेको आशंकामा चेकजाँच गर्दा बर्ड फ्लु रहेको आज पुष्टि भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले पत्रकार मार्फत जानाकारी दिँदै उक्त क्षेत्रमा बर्ड फ्लु भएको बताएका हुन् ।

अहिले उक्त क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले सील गरेको छ । प्रशासनले कुखुरा व्यवसायी, उपभोक्ता सबैलाई सचेत र सहयोग गर्न प्रशासनले आग्रह गरेको छ ।