हेटौंडाः विद्यालय सबैतर्फबाट सुरक्षित हुनुपर्नेमा आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
शिक्षा विकाश निर्देशनालय ३ नम्बर प्रदेशको आयोजनामा सञ्चालित विद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम उद्घाटनको असरमा सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।


कार्यक्रममा शिक्षा विकाश निर्देशनालय हेटौंडाका निर्देशक दिनेश कुमार श्रेष्ठले बाढी, पहिरो र भुकम्पको जोखिमबाट विद्यालयलाई ढाटै राख्नुपर्ने धारणा व्यक्त गरे । अबका दिनहरुमा स्थानीय सरकारले विद्यालयलाई बढी चासो दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले भुकम्पमा ढलेका विद्यालयहरु अझै निर्माण नहुँदा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएको बताएका थिए । विद्यालय संवेदनशील क्षेत्र भएकाले सबै खालका सुरक्षा अपनाईनु पर्ने अध्यक्ष हुमागाईंको भनाई छ ।

कार्यक्रममा शिक्षा विकाश निर्देशनालय हेटौंडाका उपसचिव शम्भुप्रसाद पौडेल, राष्ट्रिय जोखिम न्युनीकरण केन्द्रका निर्देशक श्याम सुन्दर ज्ञवाली लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।