हेटौंडा, २८ फागुन
मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित प्रथम मकवानपुर जुत्ता चप्पल व्यापार मेला २०७५ मगंलबार देखि सुरु भएको छ । मेला २० दिनसम्म चल्नेछ बताईएको छ । मेलामा कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम नभई विसुद्ध जुता चप्पलका स्टलमात्रै रहने संघले जनाएको छ ।

मेलामा विभिन्न ७ वटा चर्चित ब्राण्डका जुत्ता चप्पल प्रदर्शन गरिएको आयोजकले बताएको छ । प्रदर्शनीमा पार्टी सुज, स्पोर्ट सुज, स्कुल कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल डिएमएस जुत्तालगायतका नेपालमै उत्पादन भएका विभिन्न कम्पनीका जुत्ता चप्पल राखिएको छ । मेलामा २ करोड ५० लाखको कारोबार हुने संघको लक्ष रहेको छ ।