हेटौंडा, २८ फागुन
उद्योग वाणिज्य संघ मकवानपुरको आयोजनामा यही फागुन १८ गते ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले उद्धघाटन गरेका राष्ट्रिय औंद्योगिक व्यापार मेला सर्वसाधरणको हितमा नरहेकोे देखियो । उद्योग वाणिज्य मकवानपुरले सर्वसाधरणलाई भन्दा आफ्नो संघको मुनाफा मात्र मध्यनजर गरेर व्यापार मेला आयोजना गरेको देखिएको हो । मेलाको उद्घानमा व्यवस्थित जस्तो देखिए पनि अन्य दिनहरुमा त्यति व्यवस्थित रहेको थिएन । अवलोकन कर्ताहरु भुलोको कारण स्टलका खानाहरु खानसमेत डराउनु पर्ने स्थिति रहेको थियो ।

संघले अवलोकन कर्ताहरुको स्वास्थ्य स्थितिमा त्यति ध्यान नदिएको र आर्थिक पक्षलाई मात्रै हेरी नितान्त व्यवसायिक ढंगले मेला संचालन गरेको देखिन्छ । यो व्यापार मेलाबाट सर्वसाधरणले खासै लाभ लिन सकेको देखिएन किनभने विगतमा मेलाबाट घरका लागि आवश्यक सरसामन जस्तै तेल, सावुन, सरफ, लत्ताकपडा यावत सामग्री सर्वसलुभमा पाईन्छ भन्ने मान्यता र बुझाई हरेको थियो तर अहिले मेलामा पाईने सबै सामग्री कमसल र न्यनगुणस्तर हुने गरेको यथार्थता बाहिरिएको छ । स्टलमा राखिएको खानेकुराहरु पनि म्याद सकिएको भेटिएकाले स्टल बन्द समेत गर्नु परेको समस्या आएकाले सर्वसाधरणमा व्यापार मेलाप्रति हेर्ने दृष्ट्रिकोण नकरात्मक भएको छ ।

हेटौंडाको क्याम्पा डाडामा १० दिनसम्म चलेको व्यापार मेलाले मेला अवलोकन कर्ताहरुमा सकरात्मक छाप पार्न असफल भएको हो भन्दा फरक नपर्ला । यसरी नै आगामी दिनहरुमा पनि औद्योगिक व्यापार मेलाहरु अव्यस्थित ढंगबाट नै संचालन गर्नें हो भने व्यापार मेलाको औचित्य रहने छैन । वर्षैसाल हुने गरेको व्यापार मेलाको आयोजकहरुमा धेरै सुधारका पक्ष देखिएको छ । आगामी वर्षहरुमा व्यापार मेला व्यवसायिक मात्र नभई सर्वसाधारण लक्षित गरेर आयोजना गर्न ध्यान पुर्याउन सम्वन्धित निकायमा अनुरोध छ ।