हेटौंडा, २७ फागुन
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा वडा नं.३ मा सामुदागिक आँखा केन्द्रको स्थापना भई संचालनमा आएको छ । सामुदायिक आँखा केन्द्र नेपालथाहामा आँखा अस्पताल संचालन
मा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको समन्वयमा सो केन्द्र संचालन गरिएको हो ।
केन्द्रको संचालनले भमकवानपुर उत्तरी क्षेत्रका स्थनिय
आँखाका बिरामीहरुलाई उपचारका लागि सहयोग पुगेको छ । थाहा नगरपालिका र तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाण्डौं वीच २०७५ बैशाखमा भएको सम्झौता अनुसार नगरपालिकाले २ रोपनी १४ धुर जमिन उपलव्ध गराएपछी केन्द्रको भवन समेत निर्माण गरिएको मेयर लवशेर विष्टले बताउनु भयो ।
नगरपालिकाको ४० लाख लागतमा सो केन्द्रका लागि ४ कोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीहरुलाई थप सुविधा दिने उदेश्यले अस्पतालको रुपमा उपचार केन्द्र स्थापना गरिएको मेयर विष्टको भनाई रहेको छ । आकस्मिक रुपमा सल्यक्रिया गर्नृुपर्ने र जटिल विरामीहरुलाई त्याहाँ उपचार हुन नसके पश्चात मात्रै रिफर गर्ने गरेको छ ।