हेटौंडा, २७ फागुन
मकवानपुरको गढी गाउँपालिकामा बाँदरको आतंकबाट स्थानिय बासिन्दा समस्यामा परेका छन् । जंगलबाट आएको बाँदरले खेत र घरमा भएका खाद्यन्न कृषिवाली खाईदिने र लत्ता कपडा भाँडाकुँडा नष्ट पारिदिनाको कारणले स्थानियवासी उठीबासको अवस्थामा पुगेको व्यापक गुनासो पाईएको छ । बाँदर आतंकले सुकौरा र बुढीचौउरका स्थानियहरु वेसीतिर झरेको बताईएको छ । विगतदेखि बाँदरको आतंक झेलिरहेको स्थानियहरुलाई थप समस्यामा पारेपछी उठीबासको अवस्थामा पुगेको सुकौराका रामसिँह घलानले बताउनु भयो ।
बाँदरको आतंक रोक्न रात्री र दिनमा खेत र घरको सुरक्षाको लागि जागाराम बस्नु परेको उहाँको भनाई छ । गढी ७ का थिरमान बलले खेतमा मात्रै हाईन घर भित्र पनि पसेर खाद्यन्न लत्ताकपडा बाँदरको हुलले नष्ट गर्ने गरेको गुनासो छ । जंगलमा खाने कुराको अभाव भएपछी बाँदर गाउँघरमा पसेको बाँदर सम्वन्धि अध्ययन गर्दै आएका वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक वासु देव पोखरेलले बताउनु भयो । बाँदर आतंक रोक्न छिट्टै पहल हुने उक्त गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले भन्नुभयो । साथै बाँदरले नखाने कृषिवाली लगाउन गाउँलेहरुलाई अध्यक्षले सुझाव दिनुहुन्छ उहाँले खेतबारी खाली नराख्न पनि आग्रह गर्नुभयो ।