हेटौडा,२६ फागुन । हेटौंडा अस्पतालको प्राङगनमा निर्माण हुँदै गरेको भवनको तीन नंम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले अबलोकन गर्नुभएको छ । अहिले अस्पतालमा भवन अभाबका कारण बिरामीले सास्ती भोग्दै आएपछी अस्पतालको ठुलो भवन निर्माण भईरहेको क्षेत्रको मन्त्री दुलालले अबलोकन गर्नुभएको हो ।
कुल २८ करोड १६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको अस्पतालको भवन निर्माण भईसकेपछी यसमा सेवा बिस्तार गर्नकाम लागि सजिलो हुने र बेडपनि थप्न सकिने भएकाले यसको काम छिटो सक्नका लागि निर्माण कम्पनीलाई उहाँले निर्देशन पनि दिनुभयो ।
अस्पताल प्राङगनमा रुख कटान गर्नका लागि पनि ढिलाई भएपछी नौ महिना ढिलोगरी काम शुरु गरिएको यस भवन बितेको कार्तिक महिनादेखि काम सुरु गरिएको हो । आषिश एण्ड डिएस ड्राईन भेन्चर कम्पनिले ठेक्का पाएपछी सुरु गरिएको काममा अहिले जग राख्ने काम भईरहेको छ ।
७० बेडको अस्पतालका लागि भनेर निर्माण गर्न लागिएको भवनमा ७ वटा ब्लक निर्माण हुनेछन्।

सातवटा मध्यमा तीन वटा ब्लक ३ तलाको र अरु चारवटा ब्लक भने साढे दुईतलाको निर्माण गर्न लागिएको छ । ३० महिनामा काम सक्नेगरी ठेक्का पाएको कम्पनिलाई समयमानै काम सक्नका लागि मन्त्री दुलालले निर्देशन दिनुभयो । अस्पतालको भवन भएकाले गुणस्तिरिय काममा कुनैपनि पनि कन्जुस्याई नगर्न पनि उहाँले निर्देशन दिनुभयो । भवन अभाबका कारण अहिले एर्मेजेन्सी सेवा, टिकट काट्ने स्थान अस्थायी रुपमा संचालन गरिएको छ ।

उहाँले हेटौंडा अस्पतालमा आज चार घण्टा बिताउनु भएको छ । अस्पतालको छड्के गर्न निस्कनुभएका मन्त्री दुलालले डाक्टर, नर्स, कर्मचारीहरुको हाजिर हेर्ने देखि लिएर उपचाररत बिरामीहरुलाई पनि भेट्न भ्याउनुभयो । मकवानपुर जिल्ला स्वास्थ्यका लागि कमजोर भएकाले अब यसको सुधारका लागि घच्घच्याउने उदेश्यले आईतबार दिउसो १२ बजे मन्त्रालयबाट अस्पतालमा निस्कनुभएका मन्त्री दुलाल अपरान्ह ४ बजे मात्र मन्त्रालयमा फर्कनुभयो ।