हेटौंडा,२६ फागुनः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतको संज्ञा दिएकोमा विरोध जनाउँदै माओवादी जनमुक्ति सेना पार्टीले विज्ञप्ति निकालेको छ ।
सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिले जनयुद्धका योद्धाहरुको अपमान भएको बताएका हुन् । ओलीले प्रचण्डलाई सिके राउतको दर्जामा राख्नु र जनयुद्धको अर्का योद्धा विप्लवलाई लुटेराको संज्ञा दिनुले समग्र जनयुद्धका योद्धाहरुको अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको उक्त भनाई सच्याउन पनि विज्ञप्तिमा माग गरिएको छ । विप्लवलाई राज्यले दमनको संज्ञा दिनुभन्दा पनि देशको राजनीतिक मूलधारमा ल्याउन जरुरी रहेको सो पार्टीको ठहर छ ।