हेटौंडाः मकवानपुरे क्रिकेटर तथा क्रिकेट संघ मकवानपुरका कोषाध्यक्ष निरज श्रेष्ठको उपचार सहयोगका लागि मकवानपुर क्रिकेट संघका सदस्य तथा युवा ब्यवसायी अनुप सिनोरियाले पाँच लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

ब्लड क्यान्सरका कारण श्रेष्ठ हाल उपचारको लागि दिल्लीमा रहेका छन् । उपचारमा ४० लाख भन्दा धेरै रकम खर्च भैसकेको अवस्थामा उनलाई बचाउनको लागि थप ४० लाख भन्दा धेरै खर्च लाग्ने भएपछि सिनोरियाले पहल गर्दै फागुन २५ मा नेपाली राष्ट्रिय टिम क्याप्टेन पारस खड्का सहितलाई हेटौंडामा उतारेर मकवानपुर विरुद्ध च्यारिटी म्याच समेत गराएका थिए ।

उनकै पहलमा मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस् एकेडेमीले साथ दिएपछि मकवानपुरको हेटौँडामा रहेको हुप्रचौरमा क्रिकेट म्याच भयो । म्याच सकिएपछि अनुपले आफ्ना पिता र क्याप्टेन पारस खड्काको हातबाट निरजका सानो छोरालाई नगद पाँच लाखको चेक हस्तान्तरण गरे ।

मकवानपुरे क्रिकेटमा ठूलो योगदान दिएका व्यक्ति समस्यामा पर्दा सहयोग गर्नु आफूहरुको दायित्व भएको अनुप बताउँछन् ।