हेटौंडा २५ फागुन
मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठको ब्लड क्यानसर उपचारको सहयोगको हेटौंडाको हुप्राचौरमा जारी टि २० म्याचमा मकवानपुरले पारस ११ लाई १७२ रनको लक्ष्य दिएको छ । मकवानपुरले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा रन पुरा गरेको हो । अबको पारस ११ ले ब्याटिङ गर्नेछ ।
मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा आज राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ विच हुने च्यारिटी खेल भएको हो ।खेलबाट उठेको रकमले मकवानपुर क्रिकेट क्लबका पुर्वकप्तान निरज श्रेष्ठको उपचारमा सहयोग पुर्याउने आयोजकले जनाएको छ ।
शुक्रबार पछिल्लो समय विश्व क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय भएको नेपाली राष्ट्रिय टिमले वान डेको मान्यता पाएको सफलता संगै युएइ विरुद्ध वान डे तथा टि ट्वान्टी सिरिज जितेको नेपाली टोलीलाई हेटौंडा उपमहानगरपालिकाले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएको थियो ।