हेटौंडाः दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नाराका साथ सहकारी संचालकहरुको कार्यशाला गोष्ठी आज हेटौंडामा भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा गोष्ठी भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहकारीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । सहकारीको पूँजी अब उद्योग क्षत्रेमा लगानी गर्नु आवश्यक रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मिनराज कँडेल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको अध्यक्षता रहेको थियो ।