हेटौंडा:
गैरसरकारी संघ संस्था अन्तर्गत मानव अधिकार संरक्षण तथा मानव अघिकार बेचबिखन विरुद्धको संञ्जाल मकवानपुरले १०९ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा अन्तरक्रिया तथा गिति नाटक कार्यक्रम आयोजना गरी मनाईएको छ ।
कार्यक्रमा स्थानिय कलाकारहरुले महिलाप्रति हुने हिंसाहरुको प्रकृतिलाई चित्रण गर्दै सचेतना गिति नाटक प्रदर्शन गरेको थियो । प्रदेश नं. ३ का प्रदेश सासंद मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम मानव अधिकार संरक्षण तथा मानव अधिकार बेचविखन विरुद्धको सञ्जाल मकवानपुरको संयोजक आरती पाठकको अध्यक्षतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएको सासंद सिग्देलले महिलाप्रति हुने हिंसाहरु विरुद्ध गैससहरु सक्रियतापुर्वक विगतदेखि वर्तमानसम्म लाग्दै आएकाले निकै नै सामाजिक सचेतना सुद्धढ भएको दाबी गर्नु भएको छ । त्यसैगरी कार्यक्रमका अतिथि रहनु भएका भिमफेदी गाँउपालिका उपाध्यक्ष पार्वती रानाले पनि महिलाको हकहितका लागि प्रभावकारी रुपमा लाग्न सुझाव दिनुभएको छ । सो कार्यक्रम माईती नेपालको जिल्ला संयोजक माया लामाले संचालन गर्नु भएको हो ।