हेटौंडाः नेकपा सम्बद्ध दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुरले आफ्ना दिवंगत नेताद्वय रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसभाको आयोजना गरेको छ ।

दुई संगठनले आज संयुक्त रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा शोकसभाको आयोजना गरेको हो । नेकपाका सक्रिय आशालाग्दा नेता एवम् बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घट्नमा परी निधन भएको थियो ।

त्यस्तै, लामो समयदेखि उपचारमा रहनुभएका नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन थियो । उहाँहरु दुबैको निधनले नेकपालाई ठूलो क्षति पुगेको भन्दै देशभर उहाँको सम्झनामा शोकसभाको आयोजना गरिएको छ ।