मनहरी,२२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको अकल्पनीय र दुखद् निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरी ९ वडा कमिटीले शोक एवम् श्रद्धाञ्जी सभा गरेको छ ।

नेकपाका सक्रिय आशालाग्दा नेता एवम् बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घट्नमा परी निधन भएको थियो । त्यस्तै नेकपाका नेता तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी लामो समयदेखि उपचारमा रहनुभएको थियो । उहाँहरु दुबैको निधनले नेकपालाई ठूलो क्षति पुगेको भन्दै देशभर उहाँको सम्झनामा शोकसभाको आयोजना गरिएको छ ।

मनहरी गाउँपालिका वडा न.९ को वडा कमिटीले आयोजना गरेको शोक सभा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश ३ का सांसद ओम घलान, नेकपा प्रदेश ३ का सदस्य एकराज उप्रेती, जिल्ला कमिटी सदस्यहरु राजाराम स्याङ्गतान, रामहरी सुबेदी, खुसिलाल प्रर्जा,मनहरी पार्टी कमिटी सदस्य राम प्रसाद कालाखेती, हेमलाल उप्रेती, मनहरी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष साधुराम अधिकारी लगायतकाको आतिथ्यता सँगै मन्तव्य राखेका थिए ।

शोकलाई शक्तिमा बदल्दै यी कम्युनिष्ट नेताहरुको राम्रो कुराहरुबाट प्रेरित भएर अघि बढ्न कार्यक्रमका वक्ताहरुले सबैलाई आग्रह गरे । कार्यक्रममा वडा सदस्य गुप्त बहादुर थापा, पर्ब देब अधिकारी, कृष्ण बिडारी, गंगा सुनार, राक्सिराङ्ग गाउँ पालिकाका वडा अध्यक्ष ठाकुर कोईराला, युवा संघ नेपाल प्रदेश कमिटी सदस्य नबिन सुबेदी, प्रेश चोैतारी नेपालका पुर्ब अध्यक्ष तथा पत्रकार शिब कुमार काशी, आर.आर क्याम्पसका पुर्ब स्वबियु सभापति जयराम अर्याल,हेटौंडा क्याम्पसका स्वबियु सभापति उमेश पुरी, मनहरी वाइसिएलका अध्यक्ष दिपेन्द्र अधिकारी,मनहरी बहुमुखी क्याम्पसका स्वबियु सभापति नकुल अर्याल लगायतका शुभचिन्तकहरुको आतिथ्यता एवम् उपस्थिति रहेको थियो।

कार्यक्रम बुद्धमान पुरी,कमल गोपालीको अध्यक्षतामा भएको थियो भने संचालन युवा संघका जिल्ला सचिव लक्ष्मण उप्रेती र स्वागत मन्तव्य जयराम अर्यालले गर्नुभएको थियो