हेटौंडा,
फागुन २०
फराकिलो कान्तिराजपथको सडकको बिचमा लामो डिभाईडरमा फुलेका सयपत्रि, निलजाई फुल, अशर्फि, घण्टेफुल, रातो पाते लगायतका विभिन्न जातका फुलहरु फलेका छन् । कान्तिराजपथको कल्भर्ट देखिबाट मुख्य बजारसम्मको रोडको बिच डिभाईडरमा हरियो हाँगामा पहेलपुर फुल फुलिरहेका हामी देख्न सक्छौं । विभिन्न प्रजातीका फुलैफुलले हेटौंडा बजारलाई थप सुन्दरता दिएका छन् । बजारमा रोपिएका फुल वरीपरी बसेर फोटो खिचेर समाजिक संजालमा हाल्नेहरु पनि अहिले बढेका छन् ।
हेटौंडा उपमहानगरपालिकाले नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने अनि आसपासका क्षेत्रमा सडकको दायाँ बायाँ फुल र फलफुल रोप्ने अभियान स्थानिय तहमा जनप्रतिनिधि बिजयी भएर आएपछी सुरुवात भएको हो । दुईबर्षको अबधिमा हेटौंडाको कान्तिराजपथसंगै नगरपालिका रोडको दक्षिण तर्फको कार्यालय अगाढी देखि मकवानपुर क्याम्पससम्मको सडकमा पनि विभिन्न प्रजातीका फुलहरुले ढकमक्क भएका छन् । आफु निर्बाचित भएर आएपछी हेटौंडा बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मुल सडकमा फुल र फलफुलका बिरुवाहरु रोपीएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । अहिले आफु मेयर हुँदाको समयमा दुई कार्यकालमा मुख्य सडकमा हरिया असोकका रुख रोपेर अहिले भएको हरियाली शहरलाई अब फुल र फलफुलले ढकमक्क बनाएर थप सुन्दर बनाउने उहाँले बताउनुभयो ।
सडक फराकिलो बनाउने, नाली र फुटपाथ बनाउने कामसंगै अहिले हेटौंडाको मानसचोक देखि मकवानपुर क्याम्पस सम्म, सानोपोखरा कलभर्ड देखि पिप्लेचोकसम्मका दुबै तर्फको पेटीमा स्कुलरोड चोक देखि भैरबचोकसम्मका दुबै पेटीमा, पारीजात पथको तायलब्रदरचोक देखि कबर्डहलसम्मको दुबै तर्फका पेटी, पिपलबोट देखि संगमचोक सम्मको दुबै तर्फको पेटी, भैरबरोड कान्तिराजपथचोक देखि जोसी नर्षरी जाने चोकसम्मका दुबै तर्फ, देवीहल रोडको दुबैतर्फको सडक पेटी, माछा प्लानको क्षेत्रमा मानब सेवा आश्रमको क्षेत्रमा २७ प्रजातिका बिरुवाहरु रोपीएको पनि मेयर महतले बताउनुभयो ।
यी सडकको दायाँ बायाँगरी दुई बर्षको अबधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपीएको बताउँदै उहाँले भन्नुभयो–म धेरै देश घुमे हेरे त्यहाँका कुनै पनि शहरको सुन्दरता भनेको फराकिलो सडक संगै त्यसका वरीपरी फुलै फुलको सुन्दरता देखे, त्यसपछी हेटौंडालाई पनि विकसित शहरको रुपमा किन विकास नगर्ने भनेर फुल र फलफुल रोप्न सुरु गरेको हुँ ।’ हेटौंडाका सडक पेटीमा मौसमी फुलका बिरुवाहरु १ हजार ६ सय ५६ बोट, जुनसुकै समयमा पनि फुल्नेगरी दिगो रुपमा फुल्नसक्ने फुलहरु २ हजार २५ बोट, विभिन्न सडकमा गरी ५ सय ७५ फलफुलका बिरुवाहरु रोपीएको जानकारी पनि गराउनु भयो ।
उपमहानगरपालिकाले रगिंन बिरुवा एक सय ५० बोट, असारे बोट १६ वटा, मुसुण्डा १ सय २९ वटा, करबिर ९९ वटा, कल्लि एक सय १८ वडा, बेगमबेली १ सय २५ वटा बिरुवा, असोकका २० वटा, समिका २१ वटा, अलमण्डका ५० वटा, भुईफुल एक हजार ५० वटा, डालिया २ सय ३० वटा फुल रोपीएको छ । त्यसैगरी अशर्फि ५० वटा, सयपत्रि ३ सय ७६ वटा, गमला सेट फुलसहित १० सेट, निलजाई २ सय २५ बोट,कामिनी एक सय बोट, रोजमेरी २ बोट, घण्टेफुल ५० वटा, गुलमोहर एक सय ५ बोट, क्युफिया ३ सय बोट, रातो पाते ५० बोट, निलकाँडा ३ सय वटा, आँप ५ सय वटान बोट, अमला २५ बोट, म्याङगो स्टीक ५० वटा बिरुवा रोपीएको मेयर महतको भनाई छ ।
यी सबै बिरुवाहरु हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोढमेल गर्ने लगायतका कामहरु गरिदै आएको छ । समयमानै पानी हाल्न नसक्दा केही बिरुवाहरु मरेपनि अधिकांश बिरुवा हुर्की सकेको छ । आफुहरुले सडकको दायाँ बायाँ रोपीएका बिरुवाहरु हुर्काउन, बढाउन स्थानिय ब्यापारी र घरधनीको समेत समय रहेको बताउँदै मेयर महतले भन्नुभयो–बजारको सुन्दरता बढ्दा घरधनीको घर र अगाडीका पसलको पनि सुन्दरता बढ्छ । त्यसैले आफ्ना घरअगाढी रोपिएका बिरुवा हुर्काउनका लागि नगरबासीको पनि दायित्व भएकाले यसमा लाग्न आग्रह गर्दछु ।’