इन्डोनेशियाको सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा मङ्गलवार गएको पहिरोमा दर्जनौ कामदारहरु पुरिएकाले ती व्यक्तिहरू जीवित छन कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन् ।
अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूलाई उद्रित गर्दै बीबीसीले जनाएको छ ।
सुनखानी भिरालो ठाउँमा भएकोले त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन समाचारमा उल्लेख गरेको छ ।
उद्धारकर्मीहरूले केवल हात, बेल्चा र डोरी प्रयोग गरेर जीवित कामदारहरूलाई खानीबाट बाहिर निकाल्नुपरेको बताइएको छ ।