नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । आज बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको खबर अनलाइनखबरमा छ ।