हेटौंडाः बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले शोक व्यक्त गरेका छन् ।

आज हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानमा शोक सभाको आयोजना गरी विद्यार्थीहरुले आफ्ना दिवंगत नेता लगायत दुर्घटनामा दिवंगत हुनेहरुप्रति शोक व्यक्त गरेका हुन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) कृषि तथा बन विज्ञान विश्वविद्यालय प्रथम वर्ष सहक्याम्पस कमिटिको आयोजनामा शोक सभा भएको हो ।

सभामा कमिटीका अध्यक्ष डिशेष सत्यालको सभाध्यक्षता तथा अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य पविना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ नेपाल मकवानपुरका सदस्य सानु लामा विशेष अथिति रहेका रहेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का कृषि तथा वन विज्ञान विश्वविद्यालय मूल इकाई कमिटीका अध्यक्ष टंक दाहाल, अनेरास्ववियुका अरुण सुवेदी, क्रान्तिकारीका सरोज बल्लभ भट्टराई लगायतको आतिथ्यता रहेका थिए ।