हेटौँडा,१६ फागुन । हेटौँडामा आजबाट हुने भनिएको राष्ट्रिय औद्योगिक ब्यापारिक मेला प्रतिकुल मौसमको कारण नहुने भएको छ । आज उद्घाटन हुने भनिएको मेला गएरातीबाट निरन्तर वर्षा भएपछि नहुने भएको हो । वर्षाको कारण स्टलहरुमा क्षति भएको र आज पनि विहानैबाट पानीपर्ने संभावना भएपछि मेलाको उद्घाटन अब पर्सि शनिबार अर्थात फागुन १८ गते हुने भएको मकवानपपुर उद्योग वाणिज्य संघका प्रवत्ता काब्यमणी अधिकारीले बाए ।
३ न.प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम थियो तर सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको कारण औपचारिक कार्यक्रम नगर्ने संघका एक सदस्यले बताइएका छन् ।