हेटौडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा चौरमा हुन गइरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५को तयारीको लगभग अन्तिम चरणमा पुगेको छ । मेला हुने स्थल सिङगारीको छ । विभिन्न वस्तुहरुको ४ सय ४० वटा स्टल निर्माण अन्तिम चरणमा रहेको छ । चौरको पुर्व पट्टि स्टेज बनाईएको छ भने बाल उद्यानको छुट्टै व्यवस्था गरिएको छ । मेलामा उद्योग १५,महिला हस्तकला २०,अधिकृत विक्रेता ३०,कृषि १०,अटो १०,मोवाईल २०,कम्प्युटर २०,होटल २०,आईसक्रिम १०,हस्तकला पर्यटनहरुको स्टल रहने बताइएको छ । यसै क्रममा भोलि फागुन १६ गते उदघाटन हुने मोलाको तयारीको बारेका आज अर्थात १५ गते दिउसो २ बजे मेला स्थाल क्याम्पा चौरमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । मेलाको उदघाटन प्रदेश नम्बर ३का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने मकवानपुर उद्योग बाणिज्यसंघ ले बताएको छ । मेला फागुन १६ गतेबाट सुरु भएर २६ गते समापन हुने छ ।