फाइल तस्वीर


हेटौडा । केहि दिन देखि संक्रमणबाट हेटौँडा नगर भित्र कुखुरा मर्न थालेको समाचार प्रकाशित भए पछि जिल्ला प्रशासन कार्यालय मकवानपुर यस विषेश चासो दिएको छ । यसै क्रममा कुखुरा मरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमण भेटिएका कुखुरा फार्मबाट उत्पादिन कुखुरा र अण्डा बिक्रि तथा वितरण गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङ्ले प्रशासन र बिज्ञ टोलीले गरेको अनुसन्धान र नमुना संकलनबाट कुखुरामा रोगको संक्रमण भएको पुष्टि भएपछी कुखुरा फार्मबाट उत्पादिन कुखुरा र अण्डा बिक्रि तथा वितरण गर्न रोक लगाईएको बताए । प्रजिअ तामाङ्ले मकवानपुरको भैसे, भीमफेदी र रातोमाटे प्रहरी चेकपोस्टमा लिखितरुपमा पत्राचार गरी कुखुरा अण्डा आयात तथा निर्यातमा रोक लगाउन निर्देशन गरीएको बताए ।