हेटौंडा,
फागुन १४
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले ८४ किलो ४ सय ग्राम लागूऔषत गाँजा बरामद गरेको छ ।
सोमबार विशेष सूचनाको आधारमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित जित बहादुर स्याङ्तानको घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उक्त लागूऔषत बरामद गरेको हो ।
निज घर धनी जित बहादुर स्याङतान हाल फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।