हेटौंडा,
फागुन १४
मकवानपुरको कैलाश गााँउपालिका २ स्थित वैकुण्ठलाई पर्यटकिय क्षेत्रको रुपमा विकास, विस्तार एव् संरक्षण गर्न रु.५२ लाख ३० हजार वजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य सुरु भएको छ । उक्त गाँउपालिकावाट वैकुण्ठमा पर्र्यटन विकासको लागि उक्त रकम विनियोजन भएपछी कैलाश वैकुण्ठ पर्यटन विकास डि.पि.आर निर्माण देखि वैकुण्ठमा तामाङ संग्रालय निर्माण लगायतका काम सुरु गरेको बताईएको छ । वैकुण्ठबाट कैलाश गाँउपलिकाको सम्पुर्ण वडाको अवलोकन एतिहाँसिक विष्णु कुण्ड गुफा, तामाङ जातिको परम्परागत साँस्कृतिक सम्पदा रहेकै कारण त्यो क्षेत्र अत्यन्तै महत्वपुर्ण रहेको स्थानियको भनाई छ ।

सो गाँउपालिकाको अध्यक्ष टंक मुक्तानको अनुसार कैलाश वैकुण्ड पर्यटन विकासको डि।पि।आर, तामाङ संग्रालय निर्माण, पदमसम्भको मुर्ति स्थापना, विष्णु कुण्ड प्रतिक्षालय निर्माण तथा रानी पोखरीको पर्यटन विकास डि.पि.आर र देखारी पर्यटन विकास निर्माणको कार्य सुरु भएको छ । मकवानपुरको पर्यटकिय स्थल थाहा नगरपलिकाबाट करिव ३ घण्टाको दुरीमा कैलाश वैकुण्ठ पुग्ने बताईन्छ ।

धादिङको बेनीघाट रोराङं गाँउपालिकासंग सिमाना जोडिएको वैकुण्ठमा धादिङ, चितवन तथा काठमाण्डौं लगायतका पर्यटक आउने वातावरण रहेको कैलाश वडा नं.२ का स्थानिय राम घिसिङले बताउनु भयो । यसै विच पर्यटकको सुविधाको लागि वैकुण्ठमा स्थानियहरुको सहयोग र लागानीमा करिव २ दर्जन होम स्टे निर्माण सुरु गरिएको गाँउपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले भन्नु भयो । त्यस्तै कैलास गाँउपालिका वडा नं.६ गल्छीमा वुद्धको मुर्ति पनि स्थापना गरिएको छ ।