हेटौंडा,
फागुन ८
अमर सहिद दिलिप लुहार क.(उज्ज्वलं)
सहिद जिवनी
नामः दिलिप लुहार (कमरेड उज्ज्वल)
वुवाः रामी लुहार
आमाः सकुन्तला लुहार
जन्मस्थानः बैतडी जिल्ला पन्चेस्वर गाउपालिका आम्चौरा उज्ज्वल गाउ (लाडा )
शैक्षिक योग्यताः आइ. एड
पार्टी प्रवेशः २०५७
शाहदत मितिः २०६१ फाल्गुन १७ गते बर्दिया को गणेशपुर मा कमरेड जितसंगै
सहिद उज्ज्वल का एक भाइ र तिन बहनी छन। सरिता सृजना अञ्जली र भाइको नाम प्रदिप कमरेड उज्ज्वलले प्रारम्भिक शिक्षाको सुरुवात श्री जिमेश्वर प्रा.वि शिवनाथ गाउपालिकाबाट गरेका थिए। उनले हाइस्कुल पास श्री जबलपुर मावी सैलोडा आम्चौराबाट गरेका थिए । उनले उच्च शिक्षा अध्ययनका लागी हालको मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा शिक्षा संकायमा कक्षा ११ मा भर्ना गरेका थिए । ११ मा अध्ययन गरिरहेका बेला २०६० जेठ २७ गते का दिन उनि पुर्णकालिन रुप मा भुमिगत भए । येद्दपी उनी २०५७ देखी नै पार्टीमा लागेका थिए । २०५७ मा उनी कक्षा ७ मा अध्ययन गर्ने बेलामा विद्यार्थी नेता निरन्जन भट्टले संगठित गरेका थिए । उनले त्यतिबेला विद्यालयस्तर को सचीव मा जिम्मेवारी पाएका थिए।उनी त्यसैबेला देखी पार्टी को काममा सक्रिय भएका थिए । उनी भुमिगत हुने बितिक्कै सिधै जनमुक्ति सेनामा आवद्ध भए । उनी जनमुक्ति सेनाको प्लाटुन कमान्डरको जिम्मेवारीमा थिए । कमरेड उज्ज्वल विभिन्न लडाइमा सरिक भए। उनले जनमुक्ति सेनाको स्वास्थ्य विभागको जिम्मेवारीमा पनि थिए। उहाको वुवा तत्कालीन नेपाल पोलिसमा आबद्ध हुनुहुन्थ्यो । र उहाको वुवा र कमरेड उज्ज्वलका विच वार्ता भयो र बुवाले घर बस्ने निर्णय गरेकै थिए। तर कमरेड उज्ज्वल २०६१ साल फाल्गुन १७ गतेका दिन दिन बर्दिया जिल्लाको गणेशपुरमा तत्कालीन शाहिसेना र जनमुक्तिसेनाको बिच दोहोरो भिडन्तको क्रममा गोली लागी शाहादत प्राप्त गरे । उनको शाहदतले नेपाली क्रान्तिमा ठुलो क्षतिभयो । एउटा शाहसी चलाख इमान्दार साहसी क्रान्तिकारी विरलाइ गुमाउदा दलित सर्वहारा वर्गका लागी ठुलो क्षति थियो। उनी कुशल नेता कुशल कमान्डर कुशल स्वास्थ्यकर्मी पनि थिए। कमरेड उज्ज्वल सानै उमेर देखी विसङगति रुढीबाद र अविश्वासको बिरोध गर्दथ्ये । उनले विद्यार्थी उमेर देखी नै आफ्ना साथीहरूकाइ संगठित गरि समाजमा जनचेतना फैलाउन नाटक तथा सास्कृतिक कार्यक्रमहरु गरिरहन्थ्ये । उनि सानै उमेर देखी विद्रोही स्वभाव का थिए ।उनका वुवा नेपाल प्रहरी मा हुदा। क्रान्ति को बेला उनले आफ्ना वुवालाइ चिट्ठी लेखेर राज्यसत्ताको जागीर छाडेर क्रान्तिमा लाग्न पटक पटक अनुरोध गर्दथ्ये र एक दिन त भारत को पिथौरागढ मा बोलाइ भेटघाट गरि जागिर छोडन निकै दबाब दिए र वुवाले जागिर छोडने मनस्थितिमा पुगिसकेका थिए । तर त्येतिबेला क. उज्ज्वलको कार्यक्षेत्र तराईतिर सरुवा भएका कारण वुवासित निरन्तर भेटघाट हुनसकेन। सम्पर्क नभएका कारण वुवा बाहिर आउन सकेन। र लामो समय पछि उनका बुवाले छोरो सहिद भएको खबर सुने। क. उज्ज्वलको परिवारको क्रान्ती प्रति ठुलो योगदान थियो। कमरेड उज्ज्वलको नेतृत्वमा क. लता, क. छहरासंगै भुमिगत भएका थिए । क.उज्ज्वलले पुरै गाउँलाइ नै माओवादी भुमिगत गराइ सकेका थिए । र उनी शहीद भइसकेपछी उनको गाउको नाम सहिदको नामबाट नामाकरण गरि (उज्ज्वल गाउ) राखियो । उनि जन्मेको उज्ज्वल गाउमा सहिद को नाम बाट सहिद गेट निर्माण गरियो। त्येसबेला गाउमा जनसत्ता कायम थियो । तर अहिले यि संरचनाहरुलाइ सस्थागत गर्न नसकिएका कारण यस ऐतिहासिक गाथाको संरक्षण हुन सकेको छैन। सहिदहरुका सपनाहरु पुरा हुन सकेका छैनन। सहिदले गरेको बलिदानको सम्मान र शहिदको सपना साकारका लागी निरन्तर क्रान्ति आवश्यक छ । मानव मर्यादा र मुक्तिका लागी नया नेपाल निर्माणका लागी आफ्नो ज्यान उत्सर्ग गर्ने महान सहिद कं. उज्ज्वलप्रति सच्चा श्रद्धाञ्जली तव व्यक्त गरिन्छ। जब सहिदले देखाएको बलिदान त्याग समर्पणको बाटोलाइ सबै पक्षले अवलम्बन गर्छन, भनेर सुझाव राख्छन सहिद परिवारजनहरु। अहिले क. उज्ज्वलको भौतिक शरीर हाम्रो माझमा नभए पनि उनको आदर्श र क्रान्तिकारी विचार हाम्रो विचमा छोडेर गएका छन । यहि इतिहासको सरक्षण स्वरुप अब छिट्टै नै पन्चेस्वर गाउपालिकाले सहिद सालिक निर्माण गर्ने हेतुले केहि बजेट नै छुट्याईसकेको छ । अब सहिद सालिक बनाएर उहाको सम्मान गर्नुपर्छ भनेर सम्वन्धित निकायलाइ सहिद परिवारको तर्फबाट विशेष ध्यानाकर्षण गराउँदछु ।
विर सहिद लाल सलाम
विर सहिद उज्ज्वल अमर रहुन्
महान जनयुद्ध जिन्दावाद
लेखकःकृष्ण बिक
पन्चेस्वर गाउपालिका आम्चौराः ४ बैतडी
उज्ज्वल गाउँ