हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मोटरसाईकल दुर्घटना भएको छ ।
दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ५० प २९०६ नम्बरको पल्सर मोटरसाइकल रबजारबाट चौघडातर्फ जाँदै गरेको ना ५ प ६१९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा दुबै मोटरसाइकल चालक घाइते भएको र उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । घाईते हुनेमा हेटौँडा वडा नम्बर ६ हात्तिलेटका निवेश केसी तथा हेटौंडा १६ का प्रल्हाद गौतम रहेको प्रहरीले जनाएको खबरब्रेकमा समाचार छ ।
photo : Manoj Devkota, Facebook