हेटौंडा,
फागुन ७
नीजि सञ्चारका माध्यमहरु तिव्रगतिमा जनतालाई शुसुचित गराउन सक्रिय ढंगवाट लागिरहेको वेला सरकारी सञ्चार माध्यम भने अस्ताएको छ । सरकारको मातहतमा रहेको राष्ट्रिय समाचार समिति व्यवसायिक र व्यवस्थित जति हुनु पर्ने थियो, त्यति नभएको र सरकारबाट भएको कामहरु जनतासम्म पुर्याउन राससको भुमिका पर्याप्त नभएको कार्यक्रममा प्रमुख अतिथिले बताउनु भयो ।
आगमी दिनहरुमा राससलाई सुद्धढीकरण गर्दै व्यवस्थित बनाएर लैजानु पर्नेमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुझात्मक भनाई राख्नु भएको थियो । राससको ५८ औं वार्षिक उत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पौडेलले यस्तो अभिव्यक्ती दिनु भयो । उहाँले राससले नीजि संचारा माध्यमहरुसित प्रतिस्पर्धा गर्दै सक्रिय ढंगवाट लाग्न र ३ नम्वर प्रदेश अन्र्तगत ७ सय ६१ ओटा स्थानिय सरकारले गरेका कामहरु जनतामा पुर्याएर महत्वपूर्ण भुमिका विर्वाह गर्न समेत निर्देशन दिएका छन् ।
त्यसैगरी अन्य संचारका माध्यमहरुको तुलनामा रासस छायाँमा परेको आसंका गर्दै सक्रियता पुर्वक लाग्न र सरकारको महत्वपुर्ण अंगको रुपमा रहेले राससलाई सरकारको पक्षबाट सहयोग गर्ने कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री शाालिकराम जमकट्लले प्रतिवद्धता गर्नु भएको छ । कार्यक्रम ३ नम्वर प्रदेसका कार्यलय प्रमुख सुरेश झाको अध्यक्षताका भएको हो ।
झाको अध्यक्षताका भएको कार्यक्रममा सोही प्रदेशका सांसद प्रेम बहादुर पुलामी तथा सोही प्रदेश कै नेपाल पत्रकार महासंघका महासचिव कृष्ण सारुले कार्यक्रमको शुभकामना मन्तव्य राख्नु भयो । हेटौंडामा मंगलबार भएको सो कार्यक्रमा नेकपाका नेता वद्री लम्साल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायत विभिन्न संघसस्था र पत्रकारहरुको उपस्थितिमा सम्पन्न भएको हो ।