मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् ।