बेइजिङ । चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्।

मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ । विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले बताए।

दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ तथा यूरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने, र दुई देश र यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिवद्ध रहेको उल्लेख लीले गरेका छन्।