हेटौडा, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा बृहत सभासहितको अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
जनयुद्धका सहिद परिवार, घाइते र बेपत्ता परिवारलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरिन लागेको नेकपाका जिल्ला नेताले जानाकारी दिएका छन् । नेकपाको केन्द्रीय कार्याक्रम अन्तरगत मकवानपुरमा पनि उक्त कार्यक्रम गरिन लागेको हो । कार्यक्रम यहि फागुन १ गते नेकपाको कार्यलय पुष्पलाल पार्कमा गरिने भएको छ । सो कार्यक्रममा नेकपाका सम्पूर्ण नेता तथा शुभचिन्तकहरुलाई उपस्थिति हुन अनुरोध गरिएको छ ।