हेटौंडा,
माघ २८
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ ।
आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन गर्ने भएको छ । प्रतियोगीतामा पुरुषतर्फ ९ वटा वडाले सहभागीता जनाउने छ भने महिलातर्फ ८ वटा टिमले सहभागीता जनाउने भएका छन् ।
उद्घाटन खेलमा महिलातर्फ वडा नं। ११ ले वडा नं। १२ को सामना गर्दैछ भने पुरुषतर्फ वडा नं। १७ ले वडा नं। १२ भिड्ने भएको छ । प्रतियोगीताको विधागत विजेताले ५०र५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । यसैगरी सेमिफाईनल खेलमा पुग्ने दुबै टिमले ५र५ हजार प्राप्त गर्नेछ भने विद्यागत उत्कृष्ट खेलाडीले पनि ५र५ हजार प्राप्त गर्नेछन् ।