हेटौडा, माघ २८ । माओवादी जनमुक्ति सेना पार्टी मकवानपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा यही फागुन १ गते जनसभाको आयोजना गर्नेभएको छ ।
टुटफुट भएको माओवादी एक हौं, भ्रष्टचारी कालाबजारी निर्मूल पारौं, बेरोजगारी युवालाई रोजगार दिऔं भन्ने नारा सहित सो पार्टीले हेटौडामा सभाको आयोजना गरेको उक्त पार्टीका मकवानपुर युवा संयोजक संकल्प लामाले जानाकारी दिनुभयो । उहाँले उक्त सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।