हेटौंडा
माघ २६
विगत ३ दिन देखि मकवानपुर जिल्लामा परेको अविरल वर्षा, हवाहुरी र हिमपातले जनजीवन प्रवाहित भएको छ । साथै चिसोको करणले जनजीवन कष्टकर पनि भएको छ । सर्वसाधरण घरघरमा आगो तापेर बस्न बाध्य भएका छन् । यसै वीच मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ, दामनमा भारी हिमपात भएको छ भने पालुङ, चित्लाङ तथा टिस्टुङ क्षेत्रमा समेत हिमपात भएको स्थानियले बताएका छन् ।
मकवानपुरको अधिकांश भागमा बर्षा हुँदा उत्तरी क्षेत्रमा भने भारी हिमपात भएको हो ।
थाहा नगरपालिका प्रहरीका अनुसार नगरपालिकाको सिमभञ्याङ र दामनमा भारी हिमपात भएको छ । हिमपातको कारण
यो वर्ष यो समेत गरि तेश्रो पटक थाहा नगरपालिका क्षेत्रमा हिमपात भएको हो । यसअघि सामान्य मात्रामा हिमपात भएको भएपनि आज भने भारी मात्रामा हिमपात भएको हो ।