हेटौंडा
माघ १६
सानोठिमी क्याम्पस कमिटी भक्तपुरद्धारा उपत्यकाका खुला पुरुष भलिबल प्रतियोगिता उद्घाटन तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयूक्र आयोजनामा भएको हो । उक्त कार्यक्रमको उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य महेश वस्नेतले मंगलवार गर्नु भएको थियो । सांसद वस्नेतले कार्यक्रममा बोल्दै लोकतन्त्रको स्थापनासंगै नेपालमा एकात्मकवादीको अन्त्य गर्दै सर्वाहारा र श्रमजीवि शासन सुरुभएको बताउनु भयो ।
आगामी माघ १९ गतेसम्म चल्ने भलिवल खेल दोस्रो चरणको खेल आज हनेछ । ४ दिनसम्म चल्ने खेलमा जम्मा १८ टिमले सहभागीता जनाएका छ ।
क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष प्रकास केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष एव् विद्यार्थीका फ्याक्सन ईन्चार्ज रमेश मल्ल, क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रन्जित तामाङ, क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारी, क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र वस्नेत, अनेरास्ववियूका महासचिव एन महर लगायतको विशेष आतिथ्य रहेको थियो ।