हेटौंडा,
माघ १५
योजना निर्माण तहमा लैङ्गिक अवधारणालाई अपनाउन प्रोत्साहन गर्दै स्थानीय तहका सरोकारवालाहरुको सहभागीतामा सिड प्रतिवद्धताहरुको स्थानीयकरणः प्रादेशिक योजनामा मुलप्रवाहीकरण विषयकमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको कार्यक्रम दुई दिनुम्म हेटौडामा चलेको थियो ।
उद्घाटनमा ३ नम्बर प्रदेशका सासंद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपसभापति भग्वति पुडासेैनी, हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा, पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य माईती नेपालको केन्द्रीय कार्यलयका उमा तामाङले राख्नु भएको थियो ।
यही १४ र १५ गते दुई दिने गोष्ठीको सहजीकरण राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिम्सीना र सिडका सदस्य वन्दना राणाले गर्नु भएको थियो । गोष्ठीमा सूचनाको हकसम्वन्धि ऐन, नियमावली, लैङ्गिक अवधारणा, सिडको काम कर्तव्य र अधिकार र अवको वजेट निर्माणमा लैङ्गिक उत्तरदायी हुनुपर्ने विषयमा छलफल तथा अन्तरक्रिया गरेको थियो । उक्त कार्यक्रम माईती नेपाल र साथीको संयूक्त आयोजनामा भएको थियो ।