पहिलो समाचार
काठमाडौं, माघ ९ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बद्ध अखिल क्रान्तिकारीले भारतबाट अतिक्रमित सीमा क्षेत्रमा तारबार लगाएको छ । चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने स्थानमा सो तारबार लगाएको हो । माडी क्षेत्रमा भारतले दुई सय मिटर वर सीमा स्तम्भ सारेको स्थानीयबासी बताउँछन् । त्यही ठाउँमा विप्लव नेतृत्वको माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तारबार गरेको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले ३० मिटर लामो तारबार गरेको जानकारी दिए । खुल्ला सिमानाका कारण बिभिन्न आपराधिक गतिविधि बढेकाले बोर्डर सिल गर्नुपर्ने र भारतीय सीमा अतिक्रमण रोकिनुपर्ने सन्देश दिन तारबार गरेको उहाँले बताउनुभयो ।