१) दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ ।

२) आँकको ४ र ५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ ।

३) तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ।

४) मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ। असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ।

५) अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ।

६) महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ।

७) दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ।

८) जलकुम्भीको चुर्ण र मिश्री पाँच सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ।

९) सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ।

१०) चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ।

स्वास्थ्य सम्बन्धी एजेन्सीको सहयोगमा