प्रदेश सभामा महिला सदस्यको गुनासो, सदनमा बोल्न पाइँदैन

हेटौँडा : अहिले बागमती प्रदेशमा एक उपसभामुख, दुई मन्त्री, एक विषयगत समितिका सभापति, दुई जना सचेतकको भूमिकामा महिला हुनुहुन्छ । तर अझै पनि समाजले महिलालाई हेर्ने दृष्टिकोण फेरिएको छैन । नीति निर्माण तहमा पुगेका महिलाप्रति पनि समाजले हेर्ने दृष्टिकोण फरक रहेको बागमती प्रदेशसभा सदस्य गीता गुरुङले बताउनुभएको छ ।

प्रदेशसभा सदस्य बालकुमारी विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधि भएर सदनमा आवाज नै उठाउन समय नदिएको उल्लेख गर्नुभयो । यति मात्र होइन आफ्नो निर्वाचन क्षेत्रमा विकासको योजना अगाडि बढाउन आवश्यक बजेट नै नछुट्याउने गरेको दावी गर्नुभयो । समिता खड्कीले महिला सदस्यलाई ईमोशनल व्ल्याकमेलिङ गर्ने गरिएको आरोप लगाउनुभयो । यसैगरी प्रदेश सभा सदस्य सुना परियारले महिलाप्रति समाजले विभिन्न आरोप र प्रत्यारोप गरेर हिंसाको शिकार बनाइरहेको उल्लेख गर्नुभयो । शिक्षित व्यक्तिले महिला माननीयलाई कुदृष्टि र कुविचारले हेर्ने गरेको उहाँको भनाई छ । जुन अन्य सर्वसाधारण महिला यो समाजबाट कति प्रताडित होलान् त्यो बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जसले गर्दा प्रदेश सभाका महिला सदस्यले शुन्य समयमा प्रदेश सभामा उठाएका महिलाको माग, मुद्दा र एजेण्डालाई सञ्चार माध्यमले उठान गर्नुपर्ने माग गरिएको छ ।

बागमती प्रदेश सभामा महिला सदस्य ४० जना हुनुहुन्छ । प्रदेश सभामा कम्तिमा ३३ प्रतिशत उपस्थितिको सुनिश्चितासँगै नीति निर्माण तहमा महिलाको सहभागिता देख्न थालिएको छ । कानुन निर्माणको थलो क्रमशः महिलामैत्री बन्दै जाँदा महिला सदस्यको अवस्थासँगै भूमिकालाई बुझ्न उहाँले आग्रह गर्नुभयो । अझै पनि शुन्य समयमा महिलाको माग, मुद्दा र एजेण्डा उठान गर्नुपर्ने अवस्थामा सञ्चार माध्यमले महिला सदस्यले सदनमा बोलेका कुरालाई वेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो ।

बागमती प्रदेश सभाकी उपासभामुख अप्सारा चापागाईँले राजनीतिमा क्रियाशील अधिकांश महिला आर्थिक कठिनाईबाट गुज्रिरहेका छन् । आफ्नो नियमित आम्दानी नहुने, घरबाट प्रायः बाहिर रहनुपर्ने हुँदा घर परिवारबाट पनि महिलालाई सहयोग कम भइरहेको गुनासो उहाँको छ । महिलाप्रति समाजले हेर्ने दृष्टिकोण नफेरिएका कारण राजनीतिमा समेत महिलाहरु मानसिक हिंसाको शिकार भइरहेको उहाँको भनाई छ । दलहरु स्वार्थ अनुकुल हुँदा अहिले ४ विद्येयक समेत अन्योलमा परेको अवस्था छ ।

जसले गर्दा प्रदेश सभा सदस्यमा महिलाको माग, मुद्दा र एजेण्डा महिला सदस्यले उठाउने अवसर समेत पाएको अवस्था छैन । यति मात्र होइन प्रदेश सभामा महिला सदस्यलाई बोल्नका लागि कार्यसुचिमा समेत समेट्ने गरेको पाइँदैन । बिहीबार मकवानपुरका पत्रकारसँग गरिएको छलफलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सदस्यले उठान गरेका विषय ओझेलमा परिरहेका बेला सञ्चार माध्यमले सशक्त ढंगले उठान गर्न उनीहरुले आग्रह गरेका छन् ।

ताजा समाचार

Related Articles