हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले बाहिर काम गर्न जानु परेको छैन ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. Herbs for erectile dysfunction include ginseng, horny goat weed, and L-arginine; their efficacy varies. Physicians suggest these as natural alternatives, though clinical trials are limited. Patients should look these up in reputable medical literature before using them. ६ निवासी उनले गाई, भैंसी पालेर अहिले दैनिक १२ लिटरसम्म दुध बेच्ने गरेको बताइन् । यसबाट उनलाई सन्तोषजनक आम्दानी हुने गरेको छ । गाईं, भैंसीको स्याहार र घरायसी काम सकेर फुर्सदको समयमा उनी सामाजिक कार्यमा सहभागी हुने गरेकी छिन् । व्यवसाय गरेर आम्दानी हुने भएपछि आफ्नो दिनचर्या बललिएको र सामाजिक सम्बन्धहरुमा पनि परिवर्तन आएको उनी बताउँछिन् ।
बिबा माया जस्तै दुर्गा राईले पनि अहिले आफ्नै खेतीबारीमा लगाईएको तरकारी बालीबाट आम्दानी गर्न थालेकी छन् । पहिले निर्बाहमुखी खेती गर्दै आएको उनको परिवार अहिले कृषिमै व्यवसायिकता तर्फ लागेको हो । तरकारी खेतीका साथै उनी सानो पसल व्यवसाय पनि गर्छिन् । यसबाट राम्रो आम्दानी भइरहेकोले अहिले बाहिर ज्यालादारीको काममा जान नपरेको उनी बताउँछिन् । यसरी व्यवसायमा लाग्न उनीहरुलाई घरपरिवारले पनि साथ दिएको छ । ‘खेती, घरको काम र पसलको काम सबै मिलेर गर्ने गरेको छौँ’, उनले भनिन् ।
पहिला–पहिला खेती गर्दा आफैलाई मात्र निर्वाह हुने गरेकोमा अहिले व्यवसायिक तरकारी खेतीले नगद आर्जन हुने गरेको छ । कृषिको कामबाट बचेको समय उनले समाजमा हुने भेला, बैठक र कार्यक्रमहरुमा पनि दिने गरेकी छन् । ‘सबै मिलेर मेहनत गर्छौँ, अहिले बच्चाहरु पढाउन र घर चलाउन सजिलो छ’, उनले भनिन्, ‘कहिलेकाहीँ समूहका दिदीबहिनी भेला हुँदा र सामाजिक कामहरु गर्न पाउँदा झनै खुशी लाग्छ ।’
विवा माया र दुर्गा जस्तै मनहरी गाउँपालिका–३, ढेडोखोलाकी सानु सुनार र मिठु कार्की पनि बाख्रापालन र तरकारी खेती गर्दै आयमुलक कार्यमा जुटेका छन् । घरायसी कामको अलवा व्यवसायिक खेती र पशुपालनले उनीहरुलाई राम्रो आम्दानी दिएको छ । यस्ता व्यवसायबाट आफ्ना छोराछोरीलाई स्कूल, क्याम्पस पढाउन र घर व्यवहार चलाउन सहज भएको उनीहरु बताउँछन् । घरका सबैजना काममा व्यस्त भएपछि परिवारमा वातावरण पनि राम्रो हुने उनीहरुको अनुभव छ । साथै, आफ्नो व्यवसायबाट आम्दानी हुने हुँदा काममा लाग्न हौसला मिल्ने यहाँका महिलाहरुको अनुभव छ । उनीहरु जस्तै, सिद्धकालीकी सिता प्रजा (चेपाङ) र ठाडोखोलाकी रिमा प्रजा (चेपाङ)ले पनि बाख्रापालन र राँगापालन गरिरहेका छन् । यसरी स्थानीय महिलाहरुलाई आफ्नो रुची र सम्भावनाको व्यवसायमा लाग्न मकवानपुर महिला समूहले प्रविधिक सहयोग गरेको छ ।
सन् २०२३ देखि मनहरी गाउँपालिकाको ३, ४, ६ र ७ नं. What to drink to last longer in bed pills may enhance sexual endurance, delay ejaculation, and increase libido in males. They often contain active ingredients that improve blood circulation and boost stamina https://treasurevalleyhospice.com ensuring prolonged intimacy. वडामा समृद्धि परियोजना लागु गरेको महिला समूहले हालसम्म उनीहरुजस्तै यस कार्यक्षेत्रका ३४ जना महिलालाई व्यवसाय सुरुवात गर्नका लागि लागत रकम हस्तान्तरण गरेको उल्लेख छ । मनहरी गाउँपालिकामा १२ वटा महिला समूह, ४ वटा पुरुष समूह र ४ वटा किशोरकिशोरी समूह गरि २० वटा समूह सञ्चालनमा छ । यी समूहमा मासिक बचत गर्ने गरिएको छ, भने दातृ निकायबाट प्राप्त अनुदान रकमबाट घुम्ती कोष सञ्चालन हुन्छ । कोषमार्फत व्यवसायमा लाग्न इच्छुक सदस्यहरुलाई रकम लगानी गर्ने गरिएको मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीले जानकारी दिइन् । मकवानपुर महिला समूहले पछिल्लो दुइ वर्षमा ३४ जनालाई यसरी रकम हस्तान्तरण गरेको देखिन्छ । यसबाट व्यवसाय सुरु गर्ने महिलाहरुले आम्दानी गरिरहेको अध्यक्ष सुवेदीले बताइन् ।