हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिइएको हो ।
माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु मनहरी–४ स्थित गोलघर खेल मैदानमा हुनेछन् । मनहरी गाउँपालिका खेलकूद विकास समितिको आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको समितिका अध्यक्ष बीरु लामाले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले प्रतियोगितमा प्रयोग हुने जर्सी सार्वजनिक गर्नुभयो। प्रतियोगितामा ९ वटा समूह सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार राशीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले पुरस्कार प्राप्त गर्नेछन् ।